Rule 7
छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार

छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने,

(ख) छात्रवृत्ति प्रदान गर्न विभिन्न निकायहरु बीच समन्वय कायम गर्ने,

(ग) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता बनाई लागू गर्ने,

(घ) परीक्षाको विवरण प्राप्त गर्ने सम्बन्धमा सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थासँग आवश्यक परामर्श र समन्वय गर्ने,

(ङ) छात्रवृत्ति सम्बन्धमा आवश्यक अन्य काम गर्ने, गराउने ।